तनावरहित जीवनशैलीका लागि दुई दिने ध्यान शिविर सम्पन्न


२० चैत्र २०७८, आईतवार १७:०६ मा प्रकाशित

झापा । तनावरहित जीवनशैलीका लागि दुई दिने ध्यान शिविर सम्पन्न भएको छ ।

अपार फाउण्डेशन तथा ओशो तपोवन काठमाडौंको आयोजित शनिवारबाट शुरु भएको उक्त शिविरको आइतबार समापन भएको हो ।

अहिलेको बढ्दो प्रविधिको प्रयोग र मानिसको व्यस्त जीवनशैलीका माझ योग र ध्यान मानिसको लागि आवश्यक रहेको अपार फाउण्डेशन झापाकी अध्यक्ष बिष्णु मैनाली उप्रेतीले जानकारी दिनु भयो । पहिलाको अवस्था र अहिलेको अवस्था फरक भएको र मानसिक समस्याले मानिस ग्रसित भएको बताउँदै विकसित मुलुकका मानिस झनै समस्यामा रहेको जनाउनु भयो । उहाँले अहिले प्रविधिको बढी प्रयोगले गर्दा झनै समस्या र्सिजना गरेको बताउनु भयो । उहाँले गाँस, बास, कपास, योनसँगै योगा र ध्यान पनि जोडीनु पर्ने बताउनु भयो ।

शिविरमा ओशो तपोवन काठमाडौंका स्वामी आनन्द अरतले प्रशिक्षण दिनु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here