कुनै द्विविधा नलिइ स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन


१६ चैत्र २०७८, बुधबार १५:३५ मा प्रकाशित

काठमाडौं, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुनै द्विविधा नलिइ स्थानीय तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टीको प्रतिबद्धता पत्र तयारी भर्चुअल कार्यशालामा बुधबार ओलीले यस्तो निर्देशन दिनु भएको हो।

ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका गौरवपूर्ण काम लिएर जनतामा जान निर्देशन दिनुभयो । एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै द्विविधाविना निर्वाचनमा होमिन पनि उहाँले निर्देशन दिनुभयो ।

प्रतिबद्धता पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता पत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्नु भयो । मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गर्नु भयो ।

कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र पार्टीका तर्फबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here