बिमस्टेकलाई समृद्ध र मजबुत बनाउन प्रधानमन्त्री देउवाका पाँच योजना


१६ चैत्र २०७८, बुधबार १५:२६ मा प्रकाशित

काठमाडौं, १६ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)लाई समृद्ध र मजबुत बनाउन पाँचवटा योजना प्रस्तुत गर्नु भएको छ ।

श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार भएको बिमस्टेक पाँचौं शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उहाँले ती योजना प्रस्तुत गर्नुभएको हो ।

प्रधानमन्त्रीले देउवाको पहिलो योजनामा परेको छ– समावेशी रिकभरी योजना । यसको लागि उनले खोप, स्वास्थ्य प्रणालीमा लगानी र सामाजिक सुरक्षा योजनाहरूको विस्तार, भौतिक र मानव पुँजीमा संरचनात्मक सुधार र गुणस्तरीय लगानीको रूपमा काम गर्नुपर्ने उहाँले बताउनु भएको हो ।

‘बिमस्टेकले यस क्षेत्रलाई महामारीबाट राम्रोसँग पुनः निर्माण गर्न र भविष्यका कुनै पनि प्रकोप र प्रकोपका लागि राम्रोसँग तयार रहेको सुनिश्चित गर्न आफ्नो भूमिका निर्वाह गर्नुपर्छ,’ प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा भन्नुभयो ।

कोरोना खोप अभियानले नेपालमा तिव्र गति लिएको उहाँले बताउनु भयो । हालसम्म नेपालले ४ करोड ७० लाखभन्दा बढी खोप प्राप्त गरिसकेको, लक्षित जनसंख्याको लगभग ६८ प्रतिशतले पूर्ण रूपमा खोप लगाएको र र लगभग ९२ प्रतिशत योग्य व्यक्तिहरूले कम्तिमा एक डोज खोप लगाएको तथ्याङ्क उहाँले प्रस्तुत गर्नु भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here