चीन।आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ।कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ५ सम्म लकडाउन गरिनेछ।
चीनमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढेको छ। आइतबार चीनभरि ४ हजार ५ सय बढी संक्रमित थपिएका छन्। अरू मुलुकको तुलनामा यो संख्या न्यून भए पनि कोरोनाविरूद्ध शून्य सहनशिलताको नीति लिएको चीनले संक्रमण रोक्न कडा प्रतिबन्धहरू लगाउँदै आएको छ।
सांघाईमा भएका उद्योग धन्दा र व्यापार-व्यवसाय बन्द भएपछि चीनमा इन्धनको माग घट्ने अनुमान गरिएको छ।यो लकडाउनका कारण २ करोड ५० लाख मानिस प्रभावित हुने बताइएको छ।





