खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औं साधारण सभा


११ चैत्र २०७८, शुक्रबार २०:०६ मा प्रकाशित

बिर्तामोड। खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औं साधारण सभा लाई सम्बोधन गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले नेपाली कांग्रेस नेतृत्वको सरकारले तोकेको लक्ष्य र प्रगतिको कार्य मुलुकमा समृद्धी तुल्याउनका लागि आवश्यक रहेको बताउनु भएको छ ।
उहाँले सरकारले प्राप्त गरेको एमसीसी परियोजनाले देशको विद्युत तथा सडक निर्माणको क्षेत्रमा ठूलो योगदान पुग्ने बताउनु भयो । चौधरीले कांग्रेस नेतृत्वको सरकारले एमसीसी परियोजना जारी गरेर मुलुकमा नयाँ इतिहास कायम भएको भन्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गराएर ऐतिहासीक काम गर्नुभएको बताउनुभयो । मन्त्री चौधरीले करिब एक करोड ५० लाख लागतमा निर्माण गरिएको खानेपानी संस्थाको नयाँ भवनको उद्घाटन गर्नुभएको थियो ।

संस्थाको गत आर्थिक वर्षमा विभिन्न शीर्षकहरूबाट कुलआय ३ करोड ३० लाख ७६ हजार २ सय ३४ रुपैयाँ रहेको साधारण सभामा संस्थाकी कोषाध्यक्ष शारदा रिजालले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख गर्नुभयो । बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा समयमा पानीको महसुल तिर्ने २ जना उपभोक्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । बिर्तामोड नगरपालिकाको प्रमुख ध्रुवकुमार शिवाकोटीले विर्तामोड खानेपानी संस्था देशकै उनकृष्ठ भएकोप्रति धन्यवाद व्यक्त गर्दै संस्थाको प्रगतिको कामना गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here