बिर्तामोड । मानव अधिकार एलाइन्स झापाले नया कार्यसमिति चयन गर्दै प्रथम अधिवेशन तथा चौथो वार्षिक साधारण सभा सप्पन्न गरेको छ ! नया कार्यसमिती अन्तर्गत अध्यक्ष मा प्रेमा भट्टराई , उपाध्यक्ष ,कृष्ण दङगाल ,सचीव आर्जुन कुमार पाठक ,कोषअध्यक्ष बिमला ढकाल सदस्यहरुमा कोसिस गौतम ,तोया मिश्र ,पार्वता खतिवडा ,गंगा नेपाल , रेखा रेग्मी , सोमनाथ तिम्सिना एकेन्द्र उप्रेती र दिपक दास चयन हुनु भएको छ !
मानव आधिकार झापाका कार्यबाहक अध्यक्ष प्रेम भट्टराईअध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार एलाइन्स का केन्द्रिय माहासचिव बिदुर सुवेदी , नेकपा एमालेका जिल्ला कमिटि सचिब शिव ढुङ्गेल, एमाले झापा प्रचार बिभाग प्रमुख गोपाल काफ्ले ,मानव अधिकार एलायन्सका केन्द्रिय सदस्य दिलिप कोईराला रुद्र प्रसाद कोइराला लगायतको उपस्थिति रहेको थियो । गोपाल काफ्ले ले एमालेका २२ भातृ संगठनमध्ये १ जनबर्गीय संगठन भएकोले विचार को आस्था अनुरुप नै अघि बदनु पर्ने बताउनु भयो।कार्यक्रममा शुभकामना मन्तब्य शिव ढुङ्गेल र बिदुर सुबेदीले मानव अधिकार एलायन्सको आगामी भुमिकाबारे प्रकाश पार्नुभयो ।





