अफगानिस्तानमा बालिकाका लागि स्कुल खुला गर्न तालिबान सरकारलाई अमेरिका र युरोपेली देशहरुको आग्रह


११ चैत्र २०७८, शुक्रबार १२:३९ मा प्रकाशित

अमेरिका र युरोपेली देशहरुले अफगानिस्तानमा बालिकाका लागि स्कुल खुला गर्न तालिबान सरकारलाई आग्रह गरेका छन् ।

तालिबानले  सत्ता कब्जा गरेपछि गएको अगस्ट महिनायता बन्द रहेका स्कुल खोल्ने निर्णय गरेको केही घण्टामा नै बुधवार फेरि बन्द गर्ने घोषणा गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ।

स्कुल बन्द गर्ने निर्णयको निन्दा गर्दै अमेरिका र युरोपेली देशले बालिकाको पढ्न पाउने अधिकारको संरक्षण गर्न र भविष्य अन्धकारमा जानबाट रोक्न आग्रह गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

तालिबानको शक्ति केन्द्र मानिएको कान्दाहारमा बालिकाको लागि पढाइ र अन्य क्रियाकलापमा निकै मुस्किल पर्दै गइरहेको छ । बालिका स्कुल नखोलेमा तालिबान सरकारले सहयोग नपाउने पनि अमेरिका र युरोपेली देशले चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here