काठमाडौं,चैत ८ । नेपाली चलचित्रकी अभिनेत्री करिष्मा मानन्धर नेकपा एमाले मा प्रवेस गर्नु भएको छ। अध्यक्ष केपी शर्मा ओलीको ऊर्जाले आफू एमालेमा प्रवेश गरेको उहाले बताउनु भयो।

आज दिउसो नेकपा एमालेमा प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले मुख्य तीन कारणले आफू पार्टी प्रवेश गरेको बताउनु भयो । पार्टी प्रवेश गर्नुको पहिलो कारण अध्यक्ष केपी शर्मा ओली नै रहेको बताउनु भयो । पार्टीका अध्यक्ष ओलीले करिश्मालाई खादा र टीका लगाएर पार्टी मा प्रवेस गराउनु भएको थियो। अभिनेत्री करिश्मा मानन्धरले कार्यक्रममा बोल्दै ओली जीको प्रतिबद्धता र कुशलता साथै एमालेले मुलुकको परिवर्तन र समृद्धिको सही एजेन्डा बोकेकाले आफूले एमाले पार्टीमा प्रवेस गरेको बताउनु भयो।

अधिकांश नेपाली नागरिकले एमालेसँग सद्भाव राख्ने भन्दै, ‘अब एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेको बताउनु भयो । यही अठोट लिएर मुलुकको समृद्धिको दिशामा अघि बढ्छु ।’ आफू नितान्त एमालेको कार्यकर्ता भएर कार्यकर्तासँग जोडिन आइपुगेको उहाले बताउनु भयो ।
भागबण्डा र कुनै पदको लोभ लिएर आफू एमालेमा नआएको दाबी गर्दै उहाले पार्टीमा दिइने जिम्मेवारीबाट पछि नहट्ने बताउनु भयो भयो । ‘





