बिराटनगर, चैत ८। लेटाङमा सोमबार बिहान ७ बजेदेखि लागेको कर्फ्यु अझै जारी छ ।स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि अर्को आदेश नभएसम्मका लागि लेटाङमा कर्फ्यु लगाइएको हाे।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अवस्था अहिलेको जस्तै सामान्य रहिरहे कर्फ्युलाई खुकुलो बनाउँदै लैजाने बताउनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धानका लागि २२ जनालाई तोडफोड,आगजनी र हिंसात्मक गतिविधिमा संलग्न भएको आशङ्कामा पक्राउ गरिएको जानकारी दिनु भयो।
स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि अर्को आदेश नभएसम्मका लागि लेटाङमा कर्फ्यु लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो।





