देशभर गर्मी बढ्दो, सतर्कता अपनाउन मौसमविद्को आग्रह


२३ फाल्गुन २०७८, सोमबार १३:०५ मा प्रकाशित

काठमाडौं, फागुन २३ । देशभर गर्मी बढ्दो छ । पहाडी जिल्लाको तुलनामा अहिले विशेषगरी तराई र चुरे क्षेत्रमा गर्मी धेरै हुन थालेकाले गर्मीबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

चुरे र तराईका जिल्लामा अधिकतम तापक्रम ३० देखि ३१ डिग्री सेल्सियससम्म पुगिसकेको छ । दीपायल, नेपालगञ्ज, विराटनगर, भैरहवा, धरान, जनकपुर लगायत क्षेत्रमा तापक्रम बढ्दो छ ।

गर्मी महिना भर्खरै सुरु भएकाले यी क्षेत्रसहित देशभर नै अब तापक्रम बढ्दै जानेछ । गर्मीबाट बच्न दिउँसोको टन्टलापुर घाममा नहिँड्न र प्रशस्त पानी पिउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।

यस्तै, आज पहाडी क्षेत्रको मौसम भने आंशिक बद्ली हुने सम्भावना छ । यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here