झापा, फागुन । ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिर्तामोडमा वडा स्तरीय नृत्य तथा सांगीतिक प्रतियोगिता सम्पन्न भएको छ ।
अखिल नेपाल महिला संघ नगर कमिटि बिर्तामोडको आयोजनामा नृत्य तथा सांगीतिक प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा वडा नम्बर ६ प्रथम भएको छ । यस्तै दोश्रो वडा नम्बर ३ र तेश्रो वडा ४ भएको छ । वडा नम्बर ७ ले भने सान्तवना स्थान हासिल गरेको छ । प्रतियोगीताको विजेता टिमलाई मायाको चिनो प्रदान गरीएको थियो ।
प्रतियोगिताको निर्णायकमा जन सांस्कृतिक मञ्च प्रदेश १ सदस्य मोहन बिक, बिर्तामोड अध्यक्ष हेमा भण्डारी र कोरीयोग्राफर राज लावती रहनु भएको थियो । वडा नम्बर १० बाहेक सबै वडाले प्रतियोगितामा सहभागिता जनाएको अखिल नेपाल महिला संघ नगर कमिटि बिर्तामोड अध्यक्ष भावना आचार्य घिमिरेले जानकारी दिनु भयो ।
नेकपा एमाले स्थायी समिति सदस्य देवराज घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्थायी समिति सदस्य पुर्व न्यायधिवक्ता अग्नि खरेल, प्रदेश १ सांसद एकराज कार्की,जसमाया गजमेर,बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महातारा प्रसाई लगायतको उपस्थिति रहेको थियो ।





