नतिजा भोलि सार्वजनिक गर्ने: केन्द्रीय तथ्यांक विभागद्वारा राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा तयार


११ माघ २०७८, मंगलवार १२:३६ मा प्रकाशित

काठमाडौं, माघ ११ ।नेपालको संविधान २०७२ सालपछिको केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ ।

मुलुकमा भएको यो पहिलो जनगणनाको प्रारम्भिक नतिजा भोलि सार्वजनिक गर्ने विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनु भएको छ ।

सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको थियो । त्यस्तै दोस्रो चरणको जनगणना २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here