प्रतिवन्धित लागुऔषधसहित २ जना पक्राउ


२६ पुष २०७८, सोमबार १२:४२ मा प्रकाशित

झापा, पौष २६ । झापाबाट प्रतिवन्धित लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका १० बाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मेचीनगर १० का ३२ बर्षीय बिक्रम प्रसाई र मेचीनगर ९ का ४४ बर्षीय संजय खडका रहेका छन ।

आइतबार बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिक्रम राईको घरको भान्सा कोठा भित्र बसिरहेको अवस्थामा दुवै जनालाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैया सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका प्रसाई र खडकाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here