झापा, पुस १३ । कोरोना भाइरसविरुद्धको फाइजर खोपको लागि सिरिन्ज अभाव भएपछि खोप कार्यक्रम स्थगित भएको छ । १२ देखि १७ वर्षका बालबालिकाका लागि दिने भनिएको खोपको लागि सिरिन्ज अभावका कारण स्थगित भएको हो ।
यस अघि काठमाडौं उपत्यकाका ललितपुर भक्तपुरसहित, काभ्रे चिवतन सिन्धुली,डडेलधुरा र सुर्खेत गरि ८ जिल्लामा पौष १३ गतेदेखि बालबालिकाका लागि दिने भनिए पनि सिरिन्ज अभावमा खोप कार्यक्रम स्थिगित गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सिरिन्ज प्राप्त हुने वित्तिकै खोप लगाउने कार्यक्रम प्रारम्भ गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा भने पौष ७ गतेदेखि बालबालिकाका लागि कोभिड १९ विरुद्धको मोडर्ना खोप अभियान सञ्चालन भइरहेको छ ।





