प्रदेश २ को कांग्रेस सभापतिमा संस्थापन पक्षका यादव विजयी


९ पुष २०७८, शुक्रबार ११:५५ मा प्रकाशित

जनकपुरधाम, पुस ९ । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी हुनु भएको छ । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित हुनु भएको हो ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाउनु भएको छ। उहाँका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाउनु भएको छ ।

प्रदेश सभापतिमा निर्वाचित यादव नेपाली कांग्रेस रौतहटका सभापति हो भने अर्का प्रत्यासी रामसरोज भने कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हो ।

१९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । ३० मत बदर भएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here