एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेञ्ज कपमा नेपाली महिला टोलीको लगातार तेस्रो जित


१० पुष २०७८, शनिबार ११:३८ मा प्रकाशित

काठमाण्डौ,पुस १० । एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेञ्ज कपमा नेपाली महिला टोलीले लगातार तेस्रो जित निकालेको छ ।

आज भएको खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो । नेपालले बङ्गलादेशलाई २५–५, २५–१५ र २५–१७ को सेटमा हरायो । अब नेपालले भोलि उज्बेकिस्तानसँग खेल्नेछ ।

यसअघि नेपालको महिला टोलीले पहिलो खेलमा श्रीलङ्कालाई ३–२ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो । साविक विजेता नेपालले ३ खेलमा ८ अङ्क जोडेको छ । नेपाल शीर्ष स्थानमा छ ।

यसैबीच नेपालको पुरुष टोलीले आज श्रीलङ्कासँग खेल्दैछ । नेपाल र श्रीलङ्काबीचको खेल बेलुका पौने ६ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ३–० को सेटमा पराजित भएको थियो । दोस्रो खेलमा उज्बेकिस्तानलाई ३–१ को सेटमा हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here