सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि छैटौँ चरणको खेल सुरु


९ पुष २०७८, शुक्रबार ११:४५ मा प्रकाशित

काठमाडैं, पुस ९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि छैटौँ चरणको खेल सुरु हुँदैछ ।

काठमाण्डौस्थित त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटी खेल्दैछन् । खेल दिउँसो एक बजेदेखि सुरु हुनेछ । एपीएफ ५ खेलमा ४ अङ्क जोडेर ११ औँ स्थानमा छ । एनआरटी ५ खेलमा ६ अङ्क जोडेर सातौँ स्थानमा छ ।

दोस्रो खेलमा बेलुका पौने पाँच बजे नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् । पुलिस ५ खेलमा ५ अङ्क जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्स ५ खेलमा २ अङ्क जोडेर पुछारमा छ । लिगमा १४ टोली सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here