नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलनले आइतबार नयाँ नेतृत्व चयन गर्दै


२६ मंसिर २०७८, आईतवार ११:४५ मा प्रकाशित

काठमाडौँ – नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन अन्तर्गत आइतबार नयाँ नेतृत्व चयन गर्दैछ ।

७ भौगोलिक र २ गैर भौगोलिक गरी ९ प्रदेशमा शनिबार एकैसाथ उद्घाटन भएको सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।

आइतबार हुने बन्द सत्रले प्रवासबाहेक ९ प्रदेशको नेतृत्व चयन गर्ने माओवादी केन्द्रले जनाएको छ । माओवादीमा सर्वसम्मतको नाममा प्रतिस्पर्धा गर्न नदिई पदाधिकारी छनौट गर्ने तयारी गरिएको छ ।

सबैजसो प्रदेशमा नेतृत्वका आकांक्षी धेरै भए पनि कसैले पनि उम्मेदवारी सार्वजनिक गरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here