काठमाडौं, मंसिर २५ । यु–१९ साफ महिला फुटबल च्याम्पियनसिपमा आयोजक बंगलादेश र नेपाली महिला युवा फुटबल टोलीले आज प्रतिस्पर्धा गर्दैछन् ।
नेपालले बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शाहिद शाइपही मोस्तफा कमल रंगशालामा स्थानीय समयअनुसार सात बजे प्रतिस्पर्धा गर्नेछ ।
२०१८ मा भुटानमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिपको फाइनलमा नेपाली महिला युवा टोली बंगलादेशसँग १–० ले पराजित भएको थियो ।
पाँच टोली सहभागी प्रतियोगिता राउन्ड रोबिन लिग पद्धतिमा खेलाइने छ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् ।
नेपालले दोस्रो खेल मंसिर २९ गते श्रीलंका, पुस २ गते भुटान र पुस ४ गते भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।





