झापा, कार्तिक १४ । झापा अर्जुन्धारामा मोटरसाइकल दुर्घटनाबाट चालकको मृत्यु भएको छ । अर्जुन्धारा नगरपालिका ११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिकाका नका १८ बर्षीय कुसल दासको मृत्यु भएको हो । शनिवार राती साढे ९ बजे पश्चिम तर्फ जादै गरेको प्र १-०१-०१२ प ४३७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई कलवटमा ठोकीएर खोलामा झरेर दुर्घटना भएको थियो ।घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटिएर पानीमा डुवेर बेहोस भएका दासलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड पठाईएको थियो । अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





