एकीकृत समाजवादीकै नेतृत्वमा प्रदेश नं १ मा सरकार परिवर्तन हुन्छ :अध्यक्ष माधवकुमार नेपाल


१३ कार्तिक २०७८, शनिबार १२:४२ मा प्रकाशित

मोरङ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नं १ मा पनि छिटै सरकार परिवर्तन हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग उँहाले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने बताउनुभएको हो ।

प्रदेश नं १ मा पनि आफ्नै पार्टीका प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उँहाले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाउनुभयो ।

यसअघि बाग्मती प्रदेशमा उँहाकै पार्टीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका छन् । ‘हाम्रो पार्टीमा अहिले मेचीदेखि महाकालीसम्म जनलहर देखिएको छ।’ उँहाले भन्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here