झापा । बिर्तामोडमा सञ्चालित ‘एचडी हेयर एण्ड डर्मा केयर प्रा.लि’ले दोस्रो ‘कपाल प्रत्यारोपण मेला –२०७८’को आयोजना गरेको छ । असोज १५ गतेदेखि शुरु हुने कपाल प्रत्यारोपण मेला २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

मेलाको अवसरमा विशेष छुटका साथ कपाल प्रत्यारोपण गरिने वरिष्ठ डर्मालोजिष्ट डा. गुरु पौडेलले बताउनु भयो ।प्रत्यारोपण गर्ने भन्दा मानिसमा डर,त्रास उत्पन्न हुनसक्ने भन्दै डा. पौडेलले यहाँ प्रत्यारोपण गर्ने प्रविधि फरक रहेको जानकारी दिनु भयो ।उहाँले दुखाईरहित र शतप्रतिशत ग्यारेण्टीका साथ प्रत्यारोपण गर्ने भन्दै प्रत्यारोपण पछि ६ महिनासम्म निगरानीमा राखिने बताउनु भयो । यो अवधिमा गरिने पुनः परीक्षण निःशुल्क उपलब्ध हुने जनाईएको छ ।

डा.पौडेलको नेतृत्व रहेको टोलीले कपाल प्रत्यारोपण गर्नेछ ।एक वर्ष अघिदेखि सञ्चालनमा आएको एचडी हेयर एण्ड डर्मा केयर प्रा.लिले अहिलेसम्म ५० जना मानिसको सफल कपाल प्रत्यारोपण गरिसकेको छ ।देशका विभिन्न क्षेत्रबाट बिरामी आउने गरेका छन् ।
पाँच करोड रुपैयाँको लगानीमा सुरु गरिएको ‘हेयर एण्ड डर्मा केयर’मा पछिल्लो समय कपाल प्रत्यारोपण गर्नेको संख्या बढ्दै गएका छन् ।प्रालिमा आफ्नै कपाल उखालेर आफैँले लगाउनसमेत मिल्ने प्रविधि रहेको छ ।प्रविधि र प्राविधिक दुबै विषयलाई ध्यान पुर्याएर सेवा उपलब्ध गराउने प्रा.लिले जनाएको छ ।





