प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान


१४ आश्विन २०७८, बिहीबार ११:३७ मा प्रकाशित

काठमाडौं, असोज १४। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठक संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा केन्द्रित छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइए पनि नेकपा एमाले भने सहभागी छैन । संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले लगातार अवरोध गर्दै आएको छ ।

आजै आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । त्यसअघि सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

संसदको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले पहल गरे पनि निकास ननिस्किएपछि प्रधानमन्त्रीले नै पहल थालेका हुन् । सभामुख सापकोटाले बोलाएको बैठकमा पनि प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली सहभागी हुनु भएको थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here