काठमाडौं भदौ, १४। टेष्ट राष्ट्र जिम्बावेका अलराउण्डर सिकन्दर राजा विराटनगर वारिवर्स चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।
जिम्बावेका पूर्व कप्तानसमेत रहेका सिकन्दरलाई अनुबन्ध गरेको विराटनगरले जनाएको छ ।
सिकन्दरले जिम्बावेका लागि १०५ एकदिवसीय अन्तर्राष्ट्रिय, १७ टेस्ट र ४२ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । सिकन्दर विराटनगर वारियर्सको पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध भएका हुन् ।
चौथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।





