अमेरिकाको लुसियाना राज्यमा आँधीका कारण जनजीवन प्रभावित


१४ भाद्र २०७८, सोमबार ११:३५ मा प्रकाशित

एजेन्सी, भदौ १४ । अमेरिकाको लुसियाना राज्यमा आँधीका कारण जनजीवन प्रभावित भएको छ । आँधीका कारण त्यहाँ तीव्र गतिमा हावाहुरी चलिरहेको र बाढीको जोखिम समेत रहेको बीबीसीले जनाएको छ ।

लुसियानाका सात लाख ५० हजारभन्दा धेरै घरमा बिजुलीको आपूर्ति ठप्प भएको छ। प्रतिघण्टा १ सय ५० माइलको वेगले आएको आँधीले राज्यको मुख्य सहर न्यू ओर्लिन्सको जनजीवन अस्तव्यस्त बनाएको छ ।

न्यू ओर्लिन्स सहरमा बाढी रोक्न बनाइएको विशेष संरचनाले आँधीले ल्याएको बाढी रोक्न सफल भएको खबरमा उल्लेख छ। सन् २००५ मा आएको कट्रिना आँधीले १८ सयभन्दा बढीको ज्यान लिएपछि बाढी रोक्न त्यहाँ विशेष संरचना बनाइएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी खतरनाक भएकाले सचेत रहन अपिल गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here