काठमाडौं, भदौ २ । नेकपा एमाले विभाजन भएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको हो।
विभाजन भएर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ने चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।
नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताउनुभयो ।
नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहनु भएको छ ।





