काठमाडौं, भदौ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गनुभएको छ ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले सरकारको सिफारिस अनुसार अध्यादेश प्रमाणीकरण गरेको जानकारी दिनुभयो ।
‘अध्यादेश जारी भइसकेको छ, यससम्बन्धी राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर जानकारी केहीबेरमा दिनेछ’, उहाँले भन्नुभयो।





