दल विभाजन सम्बन्धी अध्यादेश प्रतिवाद गर्ने एमाले स्थायी कमिटीको निर्णय


१ भाद्र २०७८, मंगलवार १३:४६ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले) ले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ ।

मंगलबार ललितपुरमा बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको उहाँले बताउनुभयो ।

एकदर्जन भन्दा बढि अध्यादेशमाथि छलफल गर्नुपर्नेमा एक महिनाभन्दा बढि संसदलाई बिजनेश बिहिन बनाएर बैठक अन्त्य गर्नु सरकारले आफु र गठबन्धन आवद्ध दलहरुबाट/संसदबाट संसदकाबारेमा यसअघि भनिएका विषय आडम्वर मात्र भएको उहाँले बताउनुभयो । गठबन्धनले विगतमा सार्वजनिक रुपमा दिएका अभिव्यक्ति र सार्वजनिक न्युनतम कार्यक्रममा गरिएका प्रतिवद्धतालाई पनि धज्जी उडाएको उहाँको भनाइ छ ।

त्यस्तै, बैठकले अफगानस्थानबाट नेपालीहरुको स्वदेश फिर्ताका लागि सरकार उदाशिन र गैरजिम्मेवार देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको पनि ज्ञवालीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here