झापा। बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले व्यवसायीहरुलाई अब कुनै पनि प्रकारको बन्द स्वीकार्य नहुने बताउनु भएको छ ।
कोरोना महामारीकोकारण सबै व्यापार व्यवसाय ठप्प रहेको भन्दै उहाँले अव बन्द गर्न नहुनेमा जोड दिनु भयो ।सरकारले अब पनि बन्दलाई लम्ब्याउने हो भने निजि क्षेत्रका व्यवसायीहरुले स्वीकार्य अवस्था नरहेको भन्दै उहाँले बन्दलाई व्यवसायी तथा जनस्तरबाटनै अवज्ञा गर्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिनु भयो ।
जिल्लामा अव्यवस्थित प्रकारको लकडाउन गरीएको भन्दै उहाँले यस प्रकारको गल्ति नगर्न सम्बन्धित निकायलाई आग्रह समेत गर्नु भएको छ ।बजारको चहलपहल र मानिसको आवत जावत हेर्दा विगतमा कुनै दिन निजि क्षेत्रका व्यवसायीहरुले राज्यसंग ठुलो दुश्मनी गरेर आज त्यसको बदला लिइरहेको अनुभुती भईरहेको मैनालीको भनाई छ ।उहाँले पटक पटक आग्रह गर्दा पनि सम्बन्धित निकायबाट बिर्तामोडका व्यवसायीहरुले खोप नपाएको गुनासो गर्नु भयो ।
अन्य पालिकाका निजि क्षेत्रका व्यवसायीहरुले खोप पाएपनि बिर्तामोडमा भने नपाएको भन्दै यस विषयमा गम्भिर हुन सम्बन्धित निकायलाई महासचिव मैनालीको आग्रह छ ।





