काठमाण्डाै । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले सकेसम्म आज नै केन्द्रीय कमिटीको बैठक सक्ने गरी अघि बढ्ने निर्णय गरेको छ ।
बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरि अघि बढ्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।आजको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई भोलि बस्ने स्थायी समिति बैठकले व्याख्या र निश्कर्ष निकाल्ने उहाँले बताउनुभयो ।
स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको छ ।आजको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस भएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल चलिरहेको छ ।समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।





