झापा । बिर्तामोडमा स्कोडा गाडीको सोरुम सञ्चालनमा आएको छ ।जर्मनी प्रविधिको सो गाडीको सोरुम बिहिबारदेखि बिर्तामोड स्थित भगवानचोकमा हलेशी अट्टो मोवाइल्स प्रा.लिले सञ्चालनमा ल्याएको हो ।
स्कोडाका लागि नेपालको आधिकारिक वितरक एम एड ब्ल्यू इन्टरप्राइजेजले हलेशी अट्टो मोवाइल्सलाई यस क्षेत्रको लागि बिक्रेताको जिम्मेवारी प्रदान गरेपछि बिर्तामोडमा सोरुम स्थापना गरिएको हो ।
स्कोडाले दुई साताअघि बजारमा ल्याएको एस यु भी कुसाकको बिर्तामोडमा सार्वजनिक तथा बुकिङसमेत सुरु भएको छ ।सार्वजनिक गरिएको कुसाक केहि बिक्री समेत भईसकेको हलेशी अट्टो मोवाइल्स प्रा.लिले जनाएको छ ।एक्टिभ,एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध रहेको कुसाक विभिन्न ५ भेरिएन्टमा बजारमा उपलब्ध रहेको हलेशी अट्टो मोवाइल्सका सेल्स मेनेजर गणेश गौतमले जानकारी दिनु भयो ।
नयाँ कुशाकमा अत्याधुनिक र इफिसेन्ट टि एस आई इन्जिन राखिएको छ ।जसले डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिनले इन्धन खपतलाई कम गराउने हलेशी अट्टो मोवाइल्सका सञ्चालक चुडामणि पौडेलले जानकारी दिनुभयो । कुशाकको सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
नयाँ कुशाक ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ।यसको ह्विलबेस २६५१ एमएम छ। जुन सेग्मेन्टमै सबैभन्दा बढी हो र यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ।
स्कोडा कुशाकमा आरामदायी इन्टेरियर छ। यसको बीचमा फ्रि–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन र टु–स्पोट मल्टीफङ्सन स्टेरिङ छ।यसको बुट क्षमता ३८५ लिटर हो। जसलाई पछाडीको सिट फोल्ड गरेर १४०५ लिटरसम्म बनाउन सकिन्छ।
एम्बिसन भेरियन्टदेखि कुशाकमा एम्बियन्ट लाइटिङ छ। जसले ड्यासबोर्ड र डोर हेन्डललाई उज्यालो बनाइदिन्छ। त्यसैगरी, यसको डोर हेन्डल, ह्यान्ड लकिङ बटन र एअर भेन्टहरु क्रोम–प्लेटेड छन् भने गियरस्टिक नबमा लेदर अपहोल्स्ट्री प्रयोग गरिएको छ।
त्यसैगरी,स्टाइल भेरियन्टमा ग्रे डिजाइन गरिएको फ्रन्ट भेन्टिलेटेड ब्ल्याक लेदर सिट र सेन्टर कन्सोल र डोरमा ब्ल्याक लेदरले मोडिएको आर्मरेस्ट राखिएको छ।नयाँ कुशाकमा अत्याधुनिक र इफिसेन्ट टिएसआई इन्जिन राखिएको छ। जसले डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिनले इन्धन खपतलाई कम गराउँछ।
३ सिलिन्डर भएको १.० लिटरको टिएसआईले ८५ किलोवाट र १७.८ एनएम टर्क उत्पन्न गर्छ। यसले उत्पन्न गर्ने उर्जालाई फ्रन्ट ह्विलमार्फत ६ स्पिड म्यानुअल गियरबक्स वा न्यु जेनेरेसन ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा सम्प्रेषण गरिन्छ।
नयाँ कुशाक दुई आधुनिक इन्फोटेन्मेन्ट सिस्टमको अप्सनसहित उपलब्ध छ। यी दुवैले स्मार्टलिंक टेक्नोलोजीमार्फत स्मार्टफोनसँग कनेक्ट गर्छ। एम्बिसन र स्टाइल ट्रिममा २५.४ सेन्टिमिटरको टचस्क्रिन छ। एक्टिममा १७.७८ सेन्टिमिटरको टचस्क्रिन छ।
यो इन्फोटेन्मेन्ट सिस्टममा डुअल ट्युनर, वाइफाइ हटस्पट, ह्यान्डफ्रि फोन कलका लागि एक्सटरनल माइक्रोफोन,भ्यालेट मोड र वायरलेस स्मार्टलिंक हुनेछ।कुशाकमा ६ वटा स्पिकर हुनेछ जसले गुणस्तरीय आवाजको ग्यारेन्टी गर्ने कम्पनीको भनाइ छ।
कुशाक इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल स्ट्यान्डार्ड भएको सेग्मेन्टकै पहिलो एसयुभी हो। साथै यसमा रोल ओभर मिटिगेसन र मल्टि कोलिजन ब्रेकिङ पनि रहेको छ। साथै हिल होल्ड कन्ट्रोल र टायर मनिटरिङ सिस्टमले यात्रालाई आरामदायी बनाउँछ।
६ वटा एअर ब्याग र सबै पाँच सिटका लागि थ्रि प्वाइन्ट सिट बेल्ट र हाइट एड्जस्टेबल हेडरेस्ट पनि यसमा रहेको छ। बच्चाहरुको सुरक्षाका लागि यसमा आइसोफिक्स र टप टेदर एन्कर रहेको छ।
यसमा पार्किङ सेन्सर र रियर भ्यु क्यामेरा पनि छ।साथै एबिएस,इबिडी, एक्सडीएससहितको इडीएस, एचबिभी र बीएसडब्लु जस्ता ब्रेकिङ फिचर छन्।





