व्यवसायीलाई खोप सुनिश्चित नभएसम्म आफु खोप नलगाउने महासचिव मैनालीको घोषणा


१४ श्रावण २०७८, बिहीबार १०:२९ मा प्रकाशित

झापा ।   विर्तामोड वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले सबै व्यवसायीलाई खोप सुनिश्चित नभएसम्म खोप नलगाउने घोषणा गर्नु भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टास्टस लेख्दै व्यवसायी मैनालीले नेतृत्वका हिसावले नैतिक रुपमा खोप लगाउन नसक्ने उल्लेख गर्नु भएको हो ।मैनालीले व्यवसायीको लागि खोप सुनिश्चित नभए आफु पनि नलगाउने र व्यवस्था भएपछि संगै बसेर लगाउने घोषणा गर्नु भएको हो ।उहाँले व्यवसायीलाई खोप नदिई वाणिज्य संघका प्रतिनिधिलाई मात्र खोप दिने कुरामा असहमति जनाउनु भएको हो ।

महासचिव मैनालीले केहि दिन अघिसरकारले अनुमति दिए बिर्तामोड क्षेत्रका व्यवसायीलाई निशुल्क खोप उपलब्ध गराउने सामाजिक सञ्जाल मार्फत नै घोषणा गर्नु भएको थियो ।

बिर्तामोड नगरपालिका र सरोकारवाला निकायसँग वाणिज्य संघले सबै व्यवसायीलाई खोपको व्यवस्था गर्न माग गर्दै आएको मैनालीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here