स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ


९ श्रावण २०७८, शनिबार १८:५३ मा प्रकाशित

झापा । झापामा स्रोत नखुलेको नेपाली ४० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका २ बेलाईतिबारी निवासी ४६ वर्षीय गौरी मण्डल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनु भयो ।

भारतबाट नेपालतर्फ रकम बोकेर आइरहेको विशेष सूचनाको आधारमा प्रहरी कार्यालय झापा र  इलाका प्रहरी कार्यालय कुमरखोदको संयुक्त टोलीले मण्डललाई झापा गाउँपालिका २ स्थित दशगजा क्षेत्रबाट पक्राउ गरेको हो । उनका साथबाट प्रहरीले स्रोत नखुलेको नेपाली ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ फेला पारेको हो ।पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा ल्याइएको छ ।

पक्राउ परेका मण्डल झापा गाउँपालिकाका अन्नबाली खरिद बिक्री गर्ने व्यापारी हुन् ।उनलाई सो रकम भारत डिगलबैंकका व्यापारी पिन्टु र फिरोजले दिएर नेपाल पठाएको प्रहरी स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here