एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


७ श्रावण २०७८, बिहीबार ११:२८ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

बैठक अपराह्न ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । आजको बैठकले स्प्रष्टीकरण सोधिएका २२ सांसदले जवाफ दिए त्यसको अध्ययन गरेर थप कदम चाल्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।

एमालेका २२ सांसदले पार्टी निर्देशनको अवज्ञा गर्दै साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । त्यसैलाई आधार बनाएर एमालले २२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।तर स्पष्टीकरणमा फ्लोर क्रसको विषय उठाइएको छैन ।

संविधानको धारा ७६-५ को सरकार गठनमा सांसदलाई पार्टीको ह्वीप नलाग्ने फैसला सर्बोच्च अदालतले गरेकाले उनीहरुलाई त्यही निर्णयले मात्रै कारबाही गर्न अप्ठ्यारो हुने भएकाले गठबन्धनमा लागेको लगायतका कारण देखाएर पार्टी सदस्यबाट हटाउनेसम्मको तयारी संस्थापन पक्षले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here