इलाम । वन मुद्दामा फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।२०६८ साल फागुन ११ गते जिल्ला अदालतबाट १ वर्ष कैद र ५४ हजार ७० रुपैयाँ जरिवाना तोकिएका माईनगरपालिका ४ दानाबारीका ३५ वर्षिय कोबिद भनिने केशव दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।
दाहाललाई खोजतलास गर्ने क्रममा प्रहरी चौकी दानाबारीबाट खटिएको टोलीले साउन १ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पक्राउ परेका दाहाललाई जिल्ला अदालतमा पेशगरी कैद भुक्तानीको लागि आइतबार कारागार चलान गरीएको छ ।





