स्वतन्त्र राष्ट्रिय अभियान नेपालले भ्रष्टाचारको प्रतिकात्मक लुतो फाल्यो


१ श्रावण २०७८, शुक्रबार २०:४१ मा प्रकाशित

काठमाडौं।   स्वतन्त्र राष्ट्रिय अभियान नेपालले प्रतिकात्मक भ्रष्टाचारको लुतो फालेको छ। शुक्रबार नेपालले माइतीघर मण्डालामा विरोध कार्यक्रम आयोजना गरी लुतो फालेको हो।

अभियान नेपालका केन्द्रीय कमिटीका सदस्य नबिन मैनालीले गत वर्ष पनि लुतो फाल्ने कार्यक्रम गर्दै आएको बताउनु भयो ।उहाँले वैदेशिक रोजगारीको हस्तक्षेपको लुतो,एमसीसीको लुताहरु लगायत डाडाँ कटाउन विधिपूर्वक प्रतिकात्मक रुपले लुता फ्याकेको बताउनु भयो ।

उहाँले एमसीसी पास हुन पनि नदिने पनि बताउनु भयो ।धानको मूल्य माफियाले तोक्ने गरेको भन्दै उहाँले किसानले नै धानको मूल्य निर्धारण गर्न पाउनु पर्ने पनि माग गर्नु भयो ।यस्तै अभियानका संयोजक स्वागत नेपालले शान्तिपुर्ण ढङ्गबाट व्यवहारीक आन्दोलन र कानुनी लडाई निरन्तर लडिरहने बताउनु भयो ।अभियन्ताहरुले शंख फुकेर देशको भ्रष्टचारविरुद्ध विरोध जनाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here