काठमाण्डाै । जापानमा हुने टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्यीय टोलीले सहभागिता जनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी,प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभागी हुने जनाएको हो ।टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी,४ प्रशिक्षक र अरु पदाधिकारी रहेका छन् ।
पौडीबाट गौरिका सिंह, एलेक्जान्डर ग्याडिगाड शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन् ।प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् ।
टोकियो ओलम्पिकमा नेपालको झण्डा पौडीकी गौरिका सिंहले बोक्ने भएकी छन् टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् ।





