झापा । बिर्तामोड नगरपालिकाले ६२ देखि ६४ वर्ष उमेर समुहलाई असार २३ र २४ गते कोभिड –१९ विरुद्वको खोप भेरोसेल लगाउने भएको छ ।
नगरपालिकाले मंगलबार सूचना जारी गर्दै यस अघि जेष्ठ २६ र २७ गते खोपको पहिलो डोज भेरोसेल लगाएकाहरुको लागि दोस्रो डोज लगाउने जनाएको हो ।खोप लगाउनको लागि तीन स्थान निर्धारण गरीएको छ । जस्मा बिर्तामोड नगरपालिका १को वडा कार्यालय,वडा नम्बर ३ स्थित बिर्ताबजारमा रहेको महेन्द्र रत्न माध्यमिक विद्यालय र वडा नम्बर ८ गरामनीमा रहेको स्वास्थ्य चौकी रहेका छन् ।
बिर्तामोड १को वडा कार्यालय र महेन्द्र रत्न माध्यमिक विद्यालय बिर्ताबजारमा असार २३ र २४ गते २ दिन खोप लगाइने छ भने गरामनी स्वास्थ्य चौकीमा असार २३ गते एक दिन मात्रै लगाइने नगरपालिकाले जनाएको छ ।खोप लगाउनको लागि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मको समय तोकिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालले जानकारी दिनु भयो ।
खोप लगाउन आउँदा पहिलो डोज लगाउने क्रममा प्रदान गरीएको खोप कार्ड अनिवार्य ल्याउन समेत नगरपालिकाले आग्रह गरेको छ ।






