बाढी पहिरोले ठप्प भएकामध्ये १६ ठाउँका सडक खुलाउन समस्या


७ असार २०७८, सोमबार ११:२४ मा प्रकाशित

काठमाण्डौ ।  बाढी पहिरोले ठप्प भएकामध्ये १६ ठाउँका सडक खुलाउन समस्या भएको छ ।सडक खुलाउने प्रयास भइरहे पनि पहिरो पहिरो पन्छाउन कठिनाइ भएका कारण सडक कहिले खुल्छ भन्ने निश्चित नभएको सडक विभागले जनाएको छ । सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् ।

डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ ।डुम्रे बेसीसहर–चामे सडक खण्डको मनाङमा पर्ने तिमाङ छहरा,तिमाङखोला,धारापानी र बगरछाप तथा लमजुङमा पर्ने रामबजार,अर्खले,च्याम्चे र घट्टेखोला सडक बन्द छन् ।त्यस्तै, साँफेबगर–मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत बाजुराको बार्जुगाड र हड्डे खोला, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल र कोदारी,रसुवाको त्रिशूली खोला,मुगुको घच्चीलेक, कालीकोटको भिग्म सडक, सुर्खेतको भेरी करिडोर सडक खुलाउन समस्या छ ।

सडक खुलाउने प्रयास भने भइरहेको विभागले जनाएको छ ।विभागकाअनुसार बाढी पहिरोका कारण ५२ ठाउँमा सडक बन्द रहेकोमा ११ ठाउँमा दुईतर्फी र २५ ठाउँमा एकतर्फी खुलाइएको छ । १६ ठाउँमा अझै बन्द छ । मनसुन सुरु नहुँदै सडक विभागले बाढी पहिरोले सडक बन्द भइहाले तत्काल खुलाउने गरी तयारी भइरहेको जनाएको थियो ।

विभागका अनुसार बन्द सडक खुलाउन देशका विभिन्न एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here