काठमाडौं । सामाजिक अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित उनका समूहका २ जनामाथि अनुसन्धान गर्न ३ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ।
काठमाडौं जिल्ला अदालतले तीन दिन थुनामा राखी अनुसन्धान गर्ने अनुमति दिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनु भयो ।
प्रहरीले उनीहरुलाई कुटपिट र रंगभेदी अभद्र व्यवहारको आरोपमा आइतबार पक्राउ गरेका थियो। उनीहरुले महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि रंगभेदी दुर्व्यवहार गरेकाे आराेप पनि लागेकाे छ।





