काठमाडौं । नेपालमा बुधबार थप २ हजार ८ सय २८ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ६ सय ८७ पिसिआर परिक्षणका क्रममा दुई हजार १४ र ४ हजार ३३५ एन्टीजेन परिक्षणका क्रममा ८१४ जनाका कोरोना पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३७ हजार ४ सय ३३ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ५२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ८ हजार ५५८ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ३ हजार ८२ जना निको हुँदा हालसम्म नेपालमा ५ लाख ४३ हजार ५२१ संक्रमित कोरोनामुक्त भएका छन् ।
हालसम्म नेपालमा ३२ लाख ४० हजार २९९ वटा पिसिआर र १ लाख २३ हजार ३८६ वटा एन्टीजेन परिक्षण गरिएको छ ।





