नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदै


१ असार २०७८, मंगलवार ०९:५२ मा प्रकाशित

काठमाण्डाै । नयाँ शैक्षिक सत्र आजदेखि सुरु हुँदैछ । कोरोना भाइरसको जोखिमका कारण गएको वर्ष जस्तै यसपालि पनि ढिलो गरी नयाँ शैक्षिक सत्र सुरु हुने लागेको हो ।कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो ।कोरोना सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि वैकल्पिक माध्यममार्फत पठनपाठनलाई अगाडि बढाउन लागिएको हो ।

आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइलाई अगाडि बढाउने शिक्षा मन्त्रालयले यसअघि नै भनिसकेको छ ।आउँदो १५ गतेसम्म विद्यार्थीको अभिलेखीकरण राख्ने काम पूरा गर्नुपर्ने छ ।विद्यार्थीको अभिलेखीकरणपछि वैकल्पिक सिकाइ प्रणालीबाट बालबालिकाको सिकाइलाई निरन्तरता दिइनेछ ।बालबालिकाको हातमा पाठ्यपुस्तक पुर्याउन निषेधाज्ञामा पनि पुस्तक खोल्न पाइने निर्णय भइसकेको छ ।आजदेखि बिहान ११ बजेसम्म पुस्तक पसल खुल्ने छन् ।

कक्षा ११ को पठनपाठन भने भदौदेखि सुरु हुँदैछ । विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको आन्तरिक मूल्याङ्कन सकेर साउन दोस्रो हप्तासम्म अन्तिम नतिजा प्रकाशित गर्ने र भदौदेखि नयाँ कक्षा सुरु गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस्तै, यस शैक्षिक सत्रमा विद्यालय तहको चार वटा कक्षामा नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।

कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रम लागू गरिने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रम अनुसारको पुस्तक अध्ययन गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here