झापा । कोरोना संक्रमणका कारण ज्यान गुमाएका झापा बिर्तामोड नगरपालिका ३ का निर्माण व्यवसायी दिपेन्द्र पोखरेलको शव घर ल्याइएको छ ।उनको शवलाई हेलिकप्टर मार्फत घर ल्याइएको हो ।
कोरोना संक्रमण भएर विगत ३६ दिनदेखि काठमाडौंको नर्भिक हस्पिटलमा उपचाररत पोखरेलको गएराति १२ बजे निधन भएको थियो ।
५३ वर्षीय पोखरेल झापाका सफल निर्माण व्यवसायीका रुपमा स्थापित थिए ।पोखरेल नेपाल प्लाइउड भेनियर संघ प्रदेश १का अध्यक्ष र नेपाली कांग्रेस निर्माण व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य हुन् ।





