बिर्तामोडमा कोरोना विरुद्वको ‘भेरोसिल’ खोप कार्यक्रम स्थगित


२७ जेष्ठ २०७८, बिहीबार १०:५० मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिकाले आज (बिहिबार) लगाउने भनिएको कोरोना विरुद्वको ‘भेरोसिल’ खोप कार्यक्रम स्थगित गरेको छ ।
नगरपालिकाले सुचना निकालेर लक्षित समुहलाई लगाउने भनिएको खोप आवश्यक मात्रामा नरहेको भन्दै स्थगित गरेको जनाएको हो ।अर्को सुचना प्रकाशन नहुञ्जेलसम्मको लागि खोप कार्यक्रम स्थगित गरीएको सुचनामा उल्लेख छ ।

बिर्तामोड नगरपालिकामा जेठ २६ र २७ गतेका लागि ६२ देखि ६४ वर्ष उमेर समुह,स्वास्थ्यकर्मी, भेरोसिलको पहिलो डोज लगाएर दोश्रो खोप लगाउन बाँकी रहेकाहरुको लागि खोप लगाउने कार्यक्रम रहेको थियो ।२६ गते बुधबार भने खोप सञ्चालन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here