काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दै हुनुहुन्छ ।
उनीहरुलाई राष्ट्रपति कार्यालयमा साँझ ६ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराउने तयारी छ ।आज दिउँसो जसपा नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो ।राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने हुनु भएको छ ।
महतो र लक्ष्मणलाल कर्णसहित अनिल झा,शरत सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल,उमाशंकर अरगरिया, बिमल श्रीवास्तव,चन्दा चौधरी,एकबाल मियाँ,प्रमोद साह मन्त्री बन्नेछन्। उनीहरुको मन्त्रालय सपथ ग्रहणमै थाहा हुने जनता समाजवादी पार्टीका एक सांसदले बताए ।





