फिफा विश्वकप र एसिया कपकाे छनोटका लागि नेपालले आज ताइपेईसँग खेल्दै


२० जेष्ठ २०७८, बिहीबार १०:३९ मा प्रकाशित

काठमाण्डाै ।  सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाइनिज ताइपेईसँग खेल्दैछ ।खेल कुवेतको कुवेत सिटीमा राति पौने १० बजे हुनेछ ।चाइनिज ताइपेईलाई यसअघि पनि नेपालले हराएको छ ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेईविरुद्ध नेपालको लक्ष्य जित भएको बताएका छन् ।छनोटको चौथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्ने उहाँको भनाइ छ ।तर कुवेतमा गर्मी धेरै भएकाले खेल खेल्न भने कठिन हुने उहाँले बताउनु भएको छ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ ।तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।नेपाल समूह चरणमा तीन अंकसहित चौथो स्थानमा छ ।अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ ।

नेपालभन्दा पछि रहेको चाइनिज ताइपेईले अंक जोड्न सकेको छैन ।नेपालले आउँदो २४ गते जोर्डनसँग र अस्ट्रेलियासँग २८ गते खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here