अनधिकृत समूहले बोलाएको बैठकमा सहभागी नहुन नेकपा एमालेको आग्रह


२० जेष्ठ २०७८, बिहीबार १०:३१ मा प्रकाशित

काठमाण्डौ । नेकपा एमालेको संस्थापन पक्षले खनाल-नेपाल समूहले बोलाएको बैठकमा सहभागी नहुन आग्रह गरेको छ ।केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर खनाल-नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन आग्रह गर्नुभएको हो ।

अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्था रहेको भन्दै उहाँले पार्टीको विधान विपरीत बोलाइएको बैठकमा सहभागी नहुन आग्रह गर्नुभएको हो ।पार्टीले कारबाही गरेको अनधिकृत व्यक्तिले नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सूचना प्राप्त भएको र त्यस्तो क्रियाकलापको आफूहरुले निन्दा गर्ने सचिव तामाङले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here