राहत वितरणमा जुट्यो चमरधाप टोलविकास संस्था


१९ जेष्ठ २०७८, बुधबार ११:०२ मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर १० मा रहेको चमरधाप टोलविकास संस्था राहत बितरणमा जुटेको छ ।संस्थाले कोरोना संक्रमित तथा बिपन्न परिवारलाई आवश्यक खाद्यन्न तथा स्वास्थ्य सामाग्री वितरण गर्दै आएको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाकाकारण विभिन्न क्षेत्रमा ज्याला मजदुरी गर्दै आएका तथा विपन्न परिवारलाई खाद्यन्न उपलव्ध गराउँदै आएको संस्थाले  कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा बसेकाहरुको लागि मास्क,सेनीटाइजर,थर्मामिटर,अक्सीमिटर तथा स्वास्थ्यकर्मीको परामर्स अनुसार औषधी समेत वितरण गर्दै आएको छ ।

कोरोना महामारीले देश नै संकटमा परेको अवस्थामा समाजका लागि आफ्नो दायित्व सम्झेर विभिन्न दाताहरुको सहयोगमा आवश्यकता अनुसार राहत सामाग्री वितरण गर्दै आएको संस्थाका अध्यक्ष पृथ्वी बस्नेतले जानकारी दिनु भयो ।जेठ ९ गते देखि राहत वितरण गर्न सुरु गरेको यस संस्थाले निषेधाज्ञाको समयभरी वितरण गर्ने जनाएको छ ।राहत वितरणका लागि अध्यक्ष बस्नेत सहित सचिव डिल्लीराज भण्डारी,स्थानीय युवा समाजसेवी अनिस न्यौपाने लगायतको टोली दैनिक खटीने गरेको छ ।

संस्थाले बिर्तामोड नगरपालिकासंग समन्वय गरेर आफ्नो टोलभित्र रहेका कोरोना संक्रमितहरुको लागि पिसिआर,एन्टीजेन टेष्ट तथा आइसोलेसनका लागि समेत सहजीकरण गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here