झापा । नेकपा एमाले विर्तामोड नगर कमिटीले विर्तामोड नगर अस्पताललाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
बुधबार बिहान (आज) एक कार्यक्रमका बिच नेकपा एमाले प्रदेश १ का अध्यक्ष देवराव घिमिरेले विर्तामोडका नगरप्रमुख धुर्वकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतरा प्रसाईलाई सिलिन्डर हस्तान्तरण गर्नु भएको हो ।
पार्टीका नेता,जनप्रतिनिधि व्यवसायी तथा विभिन्न व्यक्तिहरुबाट संकलन गरीएको सहयोगबाट प्रति सिलिन्डर १६ हजार रुपैयाँमा खरीद गरी नगर अस्पताललाई हस्तान्तरण गरीएको नेकपा एमाले विर्तामोडका सचिव सुवास भट्टराईले बताउनु भयो ।उहाँले दाताहरुबाट १५ लाख ३४ हजार ८२७ रुपैयाँ संकलन भएको जानकारी दिनु भयो ।
सिलिण्डर हस्तानतरण कार्यक्रममा पुर्व राष्ट्रीय सभा सदस्य हरीचरण शिवाकोटी,प्रदेश सभा सदस्य एकराज कार्की लगायत पार्टीका नेता,जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।






