कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदै


१७ जेष्ठ २०७८, सोमबार ०८:०४ मा प्रकाशित

काठमाण्डाै । चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाँदैछ । चीनले दिने १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जान लागेको नेपाल एअरलाइन्सले जनाएको छ ।

जहाज भोलि दिउँसो नेपाल आइपुग्ने तालिका रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको बुधवार चिनियाँ राष्ट्रपति सि जिन पिङसँग टेलिफोन संवाद गरेर नेपाललाई खोप दिएर सहयोग गर्न अनुरोध गर्नुभएको थियो । राष्ट्रपतिको आग्रहलाई स्वीकार्दै चिनियाँ राष्ट्रपति सि ले तत्कालै १० लाख डोज खोप अनुदानमा दिने र नेपालले खरिद गर्ने खोपको लागि पनि सहजीकरण गर्ने बताउनुभएको थियो ।

नेपालले चीनमा उत्पादित भेरोसेल खोपलाई प्रयोगको अनुमति दिएको छ ।यसअघि चीनले दिएको ८ लाख डोज खोप प्रयोगमा आइसकेको छ ।सरकारले अनुदानबाहेक भेरोसेल खोप खरिदको लागि पनि कूटनीतिक पहल गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here